११ बैशाख २०८१, मंगलवार

समयावधि सकिएसँगै खारेज राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अधुरा काम विभिन्न निकायलाई जिम्मा

national resconstruction authority nepal ghatana

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ ।

प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन । त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ ।

प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५५३ विद्यालय भवनको पुनर्निर्माणको लक्ष्य राखेको थियो । प्राधिकरणका अनुसार ६ हजार ६४७ भवन मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । अझै ९३६ विद्यालय भवन पुनर्निर्माण तथा पुनःस्थापना बाँकी रहेको छ ।

१ हजार १९७ स्वास्थ्य संस्थानका भवन पुनर्निर्माण गर्नुपर्नेमा ७५१ वटाको मात्रै सम्पन्न भएको छ । अझै ३५४ भवनको पुनर्निर्माण हुन सकेको छैन । शिक्षा र स्वास्थ्यजस्तो महत्त्वपूर्ण क्षेत्रको पुनर्निर्माण गर्न नै प्राधिकरण असफल बनेको छ ।

    सम्बन्धित समाचार...