१३ बैशाख २०८१, बिहीबार

युभेन्ट्सका खेलाडीले चार महिनाको तलब नलिने

juventus players

कोरोना भाइरस अर्थात् कोभिड-१९ ले विश्वव्यापी महामारीको रुप लिएपछि त्यसको प्रभाव संसारका सबै क्षेत्रमा परेको छ । त्यसबाट खेलकुद क्षेत्र पनि अछुतो छैन । पछिल्लो तीन सातादेखि खेलकुदका सबै गतिविधि पनि स्थगित छन् ।

कोरोना संकटबाट आफ्नो टोलीलाई जोगाउन इटालियन फुटबल क्लब युभेन्ट्सका प्रशिक्षक र खेलाडीले आगामी चार महिनासम्म आफ्नो तलब नलिने घोषणा गरेका छन् । यसका लागि टोलीका कप्तान जियोर्जियो चिलेनीले प्रशिक्षक र खेलाडीसँग पहल गरेका थिए ।

खेलाडी र प्रशिक्षकको यो निर्णयबाट क्लबका लागि नौ करोड युरो नाफा हुने जनाइएको छ । इटालियन सिरी एकै सर्वाधिक महँगा खेलाडी क्रिस्टियानो रोनाल्डोको तलबबाट मात्रै एक करोड युरो काटिनेछ । यो सिजन युभेन्ट्स इटालियन सिरी ए अंकतालिकाको शीर्ष स्थानमा छ ।

इटाली कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अहिलेसम्म इटालीमा कोरोना भाइरस संक्रमणबाट १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । इटाली अहिले ‘लकडाउन’मा छ । त्यहाँ सबै गतिविधि ठप्प छन् । एजेन्सी