१६ चैत्र २०८०, शुक्रबार

चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

pakrau1111

चितवनमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोलाई कुटपिट गरि हत्या गरेको अभियोगमा २५ वर्षीया साजन महतोलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पुस ६ गते पक्राउ गरि ज्यान सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याथ थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पुस ५ गते राति घर छेउमै अम्बिका लडेको अवस्थामा फेला परेकी थिइन् । अर्को दिन विहान आफन्तले देखेपछि उपचारका लागि भरतपुर अस्पताल पु¥याएको थियो ।

चिकित्सकले उनको मृत्यु भइसकेको पुष्टि गरेको थियो । मृतकको शरीरमा लागेको घाउँ चोट र घटनाको प्रकृति हेर्दा अस्वभाविक लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा अम्बिकालाई उनकै श्रीमान साजनले कुटपिट गरि हत्या गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।