११ बैशाख २०८१, मंगलवार

सांसद सुवालको टिप्पणी: एमसीसीको समर्थन गर्नेहरु देशद्रोही

prem suwal
फाइल फोटो

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना (एमसीसी)लाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गर्नु भएको छ ।

एमाले अवरोधकाबीच आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताउनु भएको हो । उहाँले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाइन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गर्नु भयो ।

उहाँले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गर्नु भयो ।

सांसद सुवालले भन्नु भयो, ‘नेपालको बिजुली भनेको नेपाललाई नै चाहिन्छ । एमसीसी सम्झौंता भनेको नेपालको बिजुली भारत हुँदै सिंगापुर लाने हो । एमसीसी सम्झौंताको अनुसूचि ५ (क) मा गोरखपुरसम्म प्रशारण लाइन तान्ने उल्लेख छ । अमेरिका र नेपालको सम्झौंतामा गोरखपुरसम्म बिजुलीका लाइन तान्ने कहाँबाट आयो ? कुनै पनि देशभक्त नेपालीले यो देशघाती एमसीसी सम्झौंतालाई समर्थन गर्न सक्दैनन् । एमसीसीको समर्थन गर्नेहरु देशघाती र देशद्रोही नै हुन् । यसमा कुनै फरकै छैन । यो विषयमा सदन र सरकारको ध्यान जाओस् ।’

सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो । उहाँले एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सञ्चालन गराउन नहुने अडान पनि दोहो¥याउनु भयो ।