६ बैशाख २०८१, बिहीबार

संयोजक मिलन पाण्डे साझा पार्टीबाट निष्कासित

rabindra Mishra and milan pande
फाइल फोटो

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ । मङ्गलवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

पाण्डेलाई पार्टीले सोधेको स्पष्टीकरणमा चित्त बुझ्दो उत्तर नआएकोले कारबाही गरिएको जनाइएको छ । साथै पार्टीको निर्णय र नेतृत्वका विरुद्धमा अनर्गल र भ्रमपूर्ण टिप्पणी समेत गरेको र समानान्तर समिति समेत बनाएको आरोप लगाइएको छ ।

साथै पाण्डेले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी समेत गराइएको छ ।

पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले २८ मङ्सिरमा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

Letter ref. 503 1 701x1024 1