१५ बैशाख २०८१, शनिबार

अहिले पनि ओलीजी प्रतिगमनकै बाटोमा छन् : प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘ओली जी अहिले पनि प्रतिगमनकै बाटो छन् । उनले प्रतिगमन नसच्याएको त छँदै थियो ’ प्रचण्डले भने, ‘आजभोलि तपाईं हामीले सदनभित्र जे देखेर भोगिराखेका छौँ त्यो प्रतिगनमनकै निरन्तरता हो उहाँको तर्फबाट ।’

प्रचण्डले एमाले अध्यक्ष ओली अहिले पनि संविधान मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पर्ने षडयन्त्रमा लागिराखेको आरोप लगाए । संविधान मिच्ने लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षडयन्त्रमा वहाँ अहिले पनि लागिराख्न् भएकै छ’ अध्यक्ष प्रचण्डले भने ।