५ जेष्ठ २०८१, शनिबार

अब लकडाउन उल्लङ्घन गर्नेविरुद्ध प्रहरीको ‘स्पट होल्ड’ कारबाही

lockdown day2 6

नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही गर्ने अर्को रणनीति अपनाएको छ। लकडाउनको छैटौं दिन (आइतबार) बिहानदेखि प्रहरीले लकडाउनको उल्लङ्घन गर्नेलाई समातेर ‘स्पट होल्ड’ गर्न थालेको छ।

पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो । प्रहरीले लकडाउन उल्लङ्घन गर्दै हिडिरहेकालाई समात्दै ठाउँको ठाउँ उभ्याएर १ देखि डेढ घण्टापछि छोडी दिने गरेको छ।

‘अहिले ८ बजे मात्रै ५१२ पुरुष र १०५ महिलालाई यसरी सडकमै होल्ड गरेर राखिएको ८ सय जनाभन्दा बढीलाई त्यसरी उभ्याई सक्यौं’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीले भने, ‘एक डेढ घण्टा ‘स्पट होल्ड’ पछि छोडी दिने गरेका छौं।’

सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ । प्रवक्ता ज्ञवालीका अनुसार लकडाउनको समयमा पनि बढी घरबाहिर निस्किनेमा मजदुर वर्ग र सम्भ्रान्त वर्गका व्यक्तिहरू अधिक रहेका छन्।

मजदुर वर्गका मानिसहरू कामका लागि निस्किने गरेका छन्। सभ्रान्त वर्गका मानिसहरू कुकुर डोहो¥याउँदै मर्निङ वाकको नाममा लकडाउन उल्लङ्घन गर्दै आएको प्रहरीले जनाएको छ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो । आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ । अहिलेसम्म नेपालमा पाँच जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।