७ बैशाख २०८१, शुक्रबार

डिसेम्बर १९: विश्व इतिहासमा आजको दिन यस्ता घटना भएका थिए

60e51e3aa2ede world

आज १९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना ।

दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति

सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन् । आजकै दिन पार्क गिउन हाय देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन् । सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन् । सत्तामा हुँदा भ्रष्टाचार गरेको अभियोगमा विभिन्न मुद्दामा पूर्वराष्ट्रपति पार्क अहिले कारागारमा छन् ।

हङकङ चीन मातहत रहने सन्धीमा हस्ताक्षर

सन् १९८४ मा हङकङ सन्धीमा हस्ताक्षर भएको थियो । बेलायत सरकार, उत्तरी आयरल्यान्ड र जनगणतन्त्र चीन सरकारबीच एउटा संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको थियो । चीन–व्रिटीश सन्धीसमेत भनिने सो सन्धीमा चीनको तर्फबाट झाओ जियाङ र बेलायतको तर्फबाट मार्गरेट थ्याचरले हस्ताक्षर गरेका थिए । सन्धीले सन् १९९७ को १ जुलाईदेखि हङकङ चीनको स्वामित्वमा रहने उल्लेख छ ।

एपोलो १७ को अन्तिम मिसन

सन् १९७२ मा एपोलो १७ पृथ्वीमा फर्किएको थियो । अमेरिकाको एपोलो कार्यक्रमअन्तर्गतको अन्तिम मिसन एपोलो १७ ले १२ दिनसम्म अन्तरिक्षमा बिताएको थियो । एपोलो १७ अमेरिकाबाट रातको समयमा पठाइएको पहिलो मानवसहितको उडान हो । एपोलोमा रहेका तीन सदस्यहरुले चन्द्रमाको कक्ष घुमेर त्यहाँ १२ दिन बिताएका थिए ।

क्लिनन्टनमाथि महाअभियोग

सन् १९९८ मा अमेरिकाका तत्कालिन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले अनुमोदन गरेको थियो । भुटो बोलेको र न्यायमा अबरोध गरेको भन्दै तल्लो सदननले क्लिन्टनमाथि महाअभियोग लगाएको थियो । एक महिनापछि आजकै दिन अर्थात १९ डिसेम्बरमा माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएपछि पदमुक्त हुनबाट बचेका थिए ।