१६ चैत्र २०८०, शुक्रबार

प्रिमियर लीग फूटबलमा आर्सनल विजयी

arsenal

इंग्लिस प्रिमियर लीग फूटबलमा आर्सनल विजयी भएको छ ।

प्रिमियर लीगको पछिल्लो खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि ४–१ को जित निकालेको हो । १६औं र २८औं मिनेटमा गेबरियल मार्टिनेलीको गोलसँगै आर्सनलले अग्रता लिएको थियो ।

त्यसपछि बुकायो साकाले गोल थपेपछि आर्सनलले खेलमा ३–० को अग्रता बनायो । ७५औं मिनेटमा लिड्सका रापिन्हाले गोल गरे । लगत्तै ८४औं मिनेटमा इमाइल स्मिथ रउ ले गोल थपेपछि आर्सनल ४१ ले विजयी भएको हो ।

जितसँगै चौथो स्थानको आर्सनलले १८ खेलबाट ३२ अंक जोडेको छ । प्रिमियर लीग अन्तर्गत नै गएराति तय अन्य पाँच खेल भने कोरोना भाइरसको महामारीका कारण रद्द भएका थिए ।