१६ चैत्र २०८०, शुक्रबार

आज अपराह्न सर्वदलीय बैठक बस्दै

sarbadaliya bathak sabhamukha 2 20210913094138

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक आज (आइतबार) अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ। संसद्को गतिरोध अन्त्य र एमसीसीका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाउनुभएको प्रधानमन्त्तीका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो।

बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी नहुने भएको छ। माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले संसद्मा अवरोध गरिरहेको छ। उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको अडान छ।

सभामुखले भदौ २९ मा बोलाएको र प्रधानमन्त्रीले असोज १४ मा बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन। मंसिर २८ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको थियो। प्रतिनिधिसभा बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ।

सर्वदलीय बैठक अघि आजै सत्ता गठबन्धनमा आवद्व दलहरूको बैठक बस्दैछ ।

    सम्बन्धित समाचार...