१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट१८४ संक्रमित थपिए, थप दुई जनाको निधन

corona insurance

नेपालमा थप १ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमणबाट थप दुई जनाको निधन भएको छ ।

७ हजार २ सय ३० जनाको पिसिआर परीक्षणमा एक सय ६० र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिएका छन्। काठमाडौंमा ६२, ललितपुरमा २० र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक दुई सय ६७ जना संक्रमण मुक्त भएका छन । अहिले देशभर ५ हजार ५ सय २६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो पटक थप २ जनाको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार पाँच सय ६७ पुगेको छ ।

पछिल्लो पटक नेपालमा दुई लाख ४० हजार पाँच सय ६४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन ।