१६ चैत्र २०८०, शुक्रबार

मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने एक पक्राउ

arest

अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सर्र्लाही घर भई काठमाडौँ बबर महल बस्दै आएका ३८ वर्षीय संजीवकुमार साहलाई सोमबार माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो ।

साहले भक्तपुरका उत्सव सुजखुलाई एभरेष्ट बैंकको कुनै शाखामा काम लगाइदिने र त्यसका लागि २ लाख रुपैयाँ लिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएका छन् । साहले आफू अर्थ मन्त्रालयको लेखा अधिकृत रहेको भन्दै पीडित उत्सवलाई विश्वास दिलाएका थिए ।

    सम्बन्धित समाचार...