११ बैशाख २०८१, मंगलवार

बिहीबारबाट कांग्रेस पदाधिकारीको मतगणना

mat gandai congress.jpg 1

नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार मंगलवार सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ ।

त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना शुरु हुने छ । सोमबार भएको निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।