१६ चैत्र २०८०, शुक्रबार

अन्तिम चरणमा काँग्रेसको मतदान, सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने

BRO 01

नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ भने मतदान राति १० बजेसम्म हुने भएको छ ।

यद्यपी, निर्वाचन समितिले सोमबार राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो । तर, अब राति १० बजेसम्म मतदान हुने समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले जानकारी दिनुभयो । राति ८ः४५ सम्म ४३ सय ५० मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका सदस्य रावलका अनुसार मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने पनि उहाँले बताउनुभयो ।

काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर मतदान जारी छ ।

मतदान निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरि सुरु भएको हो ।

महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् । २९ मतपत्रमा मत दिनुपर्ने भएकोले एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घण्टा लाग्ने गरेको छ ।