१३ बैशाख २०८१, बिहीबार

देउवा पहिलो चरणमै पार्टी सभापति निर्वाचित हुने नेता खाँणका दाबी

Balkrishana khan tilottma pic e1635674379173
फाइल फोटो

नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने दाबी गर्नुभएको छ ।

भृकुटीमण्डपमा आज पत्रकारहरुसँगको कुराकानीमा नेता खाणले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताउनु भयो । उहाँले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताउनु भयो ।

त्यस्तै नेता शशांक कोइरालाले आफू जहिल्यै पनि कांग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उहाँले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताउनुभयो ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंहले वर्तमान नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताउनु भयो ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमा सञ्चालन भइरहेको छ । आज पार्टी नेतृत्व चयनको लागि मतदान भईरहेको छ ।