१६ चैत्र २०८०, शुक्रबार

राजेन्द्र लिङ्देनलाई पठाए कमल थापाले पत्र, निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग

Kamal thapa rajendra lindel

 राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनलाई कमल थापाले चार बुँदे पत्र पठाएका छन् । पार्टीको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएका निवर्तमान अध्यक्ष थापाले नवनिर्वाचित पार्टी अध्यक्ष लिङ्देनलाई चार बुँदे पत्र पठाएका हुन् ।

थापाले पत्रको सुरूमा लिङ्देनलाई बधाई दिएका छन् । उनले महाधिवेशनका क्रममा भएको पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न पनि माग गरेका छन् ।

थापले पत्रमा राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएको दाबी गरेका छन् । थापाले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न पनि भनेका छन् ।

निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि उनको बताएका छन् ।

यस्तो छ पत्र

kamal thapa letter lingden 1030x1536 1
kamal thapa letter lingden 1 1033x1536 1