१४ बैशाख २०८१, शुक्रबार

छ निर्माण कम्पनी कालोसूचीमा

sarbajanik kharid anugaman

सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबारदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कालोसूचीमा परेको कम्पनीमा काठमाडौँका निलगिरी निर्माण सेवा, एलिट कन्स्ट्रक्सन कम्पनी, च्याङ्ग्रासी निर्माण सेवा, एसएसएम कन्स्ट्रक्सन प्रालि र बाँकेका त्रिदेव निर्माण सेवा तथा एसएनसी निर्माण सेवा प्रालि रहेको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कार्यालयका अनुसार निलगिरी निर्माण सेवालाई तीन वर्ष, एलिट कन्स्ट्रक्सन कम्पनी र च्याङ्ग्रासी निर्माण सेवालाई दुई/दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको सो कार्यालयले जनाएको छ ।

सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐनले गरेको व्यवस्था अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार...