७ बैशाख २०८१, शुक्रबार

‘जबराको राजीनामा वा महाभियोगले मात्रै न्यायिक सुधार हुन्न’

K p oli n bar photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमन न्यायालय सुधारको प्रस्थान बिन्दु नभई अन्त्य भएको बताउनुभएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारीसहित अधिबक्ताहरुलाई आज बालकोटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाभियोगले मात्रै न्यायिक सुधार नहुने बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश राणा हट्दैमा मात्र न्यायालय सच्चिने अवस्था नरहेको भन्दै जबरालाई मात्रै महाभियोग लगाएर न्यायालयमा देखिएको समस्या समाधान नहुने बताउनुभयो ।

प्रधानन्यायाधीशमाथि सत्तारुढ गठबन्धनले प्रस्ताव प्रस्ताव ल्याए छलफल गरेर निष्कर्ष निकाल्ने बताउँदै ओलीले न्याय क्षेत्र सुधारका लागि सबै दल गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले नेपाल बार एसोसिएसनले न्यायालय शुद्धीकरणका सन्दर्भमा उठाएको माग २५ प्रतिशत मात्रै रहेको टिप्पणी गर्दै यसलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो ।