८ माघ २०७८, शनिबार

कोरोना संक्रमणबाट थप दुई जनाको निधन, २६५ संक्रमित थपिँदा ३५७ संक्रमणमुक्त

corona insurance

नेपालमा पछिल्लो समय २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप दुई जनाको निधन भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ सय १४ पीसीआर र १ हजार ५ सय ३ एन्टिजेन परीक्षण गर्दा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० जना संक्रमित थपिएका हुन् ।

दुई जना कोरोना संक्रमितको निधन भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ । आज ३ सय ५७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ हजार ३ सय ८६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो पटक एक लाख ६ हजार ६ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।