१३ बैशाख २०८१, बिहीबार

मनी लान्ड्रिङ मुद्दामा अभिनेत्री ज्याकलिन फर्नान्डेज विमानस्थलबाट पक्राउ

jacqueline fernandez

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई एयरपोर्टबाट पक्राउ परेकी छन्।

एक शोका लागि दुबई जान लागेकी अभिनेत्री फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा आइतबार विमानस्थलबाटै पक्राउ परेकी हुन्। भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।

प्रहरीले उनलाई विदेश जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनलाई अनुसन्धान चलिरहेकाले विदेश जान रोकिएको प्रहरीले बताएको छ।