१६ चैत्र २०८०, शुक्रबार

अब पार्टीभित्रको झगडा बिर्सेर कांग्रेस, एमाले र माओवादीसँग भिडौं : लोहनी

Prakash Chandra Lohani

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अब पार्टी रुपान्तरणको बेला आएको बताउनुभएको छ ।

राप्रपाको महाधिवेशनबाट निर्वाचित नयाँ पादधिकारी तथा सदस्यको सपथ तथा प्रमाणपत्र वितरणको कार्यक्रममा आइतबार बोल्दै नेता लोहनीले अब पार्टी रुपान्त्रण गर्नुपर्ने बेला भएकोले पार्टीको अधिवेशनमा भएको तित्ततालाई विर्सिएर जानुपर्ने बताउनुभयो ।

उहाँले चुनावको बेला कसले के भन्यो भनेर बस्ने बेला अब नरहेको बताउनुभयो । अबको समय पार्टीलाई अग्रणी र रुपान्तरण गर्ने शक्तिको रुपमा पार्टीलाई अगाडि बढाउनुपर्ने बेला भएको उहाँको भनाइ थियो ।

अब पार्टीको प्राथमिकता पार्टी भित्र नभई बाहिर प्रतिस्पर्धा गर्नुपर्ने भएको लोहनीले बताउनुभयो । अबको २ महिनापछि स्थानीय निर्वाचन हुने भएकोले अब दल भित्र नभई कांग्रेस, एमाले रमाओवादीसँग प्रतिस्पर्धा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।