१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणबाट थप पाँच जनाको निधन, २३८ संक्रमित थपिँदा ३९२ संक्रमणमुक्त

corona insurance

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको निधन भएको छ । २ सय ३८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ९५ पीसीआर परीक्षणमा २ सय २० र १ हजार ५ सय २ एन्टीजेन परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो कूल संक्रमणको तीन दशमलव पाँच प्रतिशत हो । पछिल्लो पटक ३ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

थप ५ जनाको निधन भएसँगै देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ छ ।

एक सय ६ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थप १ लाख ३० हजार ६ सय ८८ जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् ।