८ बैशाख २०८१, शनिबार

महाधिवेशनमा तानातानमा परे विक्रम पाण्डे, थापा र लिङ्देन दुवै प्यानलमा उम्मेदवार

BIKRAM PANDE
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे तानातानमा परेका छन् । पार्टीको जारी एकता महाधिवेशनमा अध्यक्षका आकाक्षीहरू कमल थापा र राजेन्द्र लिङ्देन दुवैले उनलाई लिएर टिम बनाएका छन् ।

दुवै अध्यक्षका आकांक्षीहरूले पाण्डेलाई आ–आफ्नो प्यानलबाट उपसभापतिमा नाम राखेका छन् । पूर्व भुमिसुधार मन्त्रीसमेत रहेका पाण्डेले आफू कुन समूहमा हो भन्ने खुलाएका छैनन् । थापा निकट एक नेताले पाण्डे आफूहरूको प्यानलबाट उमेदवार भएको दाबी गरे । उनले बुधबार राती पाण्डेले आफूहरूसँग बसेर प्यानलमा चुनाव लड्ने बचन दिएको ती नेताले बताए ।

“हिजोराति हामीले टिम बनाउँदा उहाँ पनि सँगै हुनुहुन्थ्यो । उहाँसँगको परामर्श सल्लाह र अनुमतिमै उहाँको नाम हामीले राखेका हौँ,” ती नेताले भने । यता, लिङ्देन समूहले पनि पाण्डे आफूहरूसँग भएको दाबी गरेको छ । “उहाँसँग परामर्श गरेरै हामीले नाम उपाध्यक्षमा राखेका हौँ,” लिङ्देन समूहका नेता एक नेताले भने ।