Close Me
१३ चैत्र २०८१, बिहीबार

अदालतमा देखिएको समस्या कार्यपालिबाट हल हुनुपर्छः प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतमा देखिएको समस्या कार्यपालिकाबाट हल हुनुपर्ने बताउनुभएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशन र सर्वोच्च बारका पदाधिकारीसहित कानून व्यवसायीले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकाले कार्यपालिकाबाट यसको हल हुनुपर्ने बताउनुभयो ।

यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्यप्रणालीसँग सम्बन्धित भएकाले तत्काल समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगतिको अन्त्य हुने र न्याय सम्पादनको काममा जनविश्वास आर्जन गर्ने ढंगले समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।