१५ चैत्र २०८०, बिहीबार

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र तस्करबिच भिडन्त, एकजनाको मृत्यु

nepal army 1

पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र तस्कर समूहबीच गोली हानाहान भएको छ ।

शुक्रबार बिहान ९ बजे सेनाले निकुञ्जमा गस्ती गरेको थियो। सोही क्रममा तस्करहरूले सेनामाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि सेनाले गोली हान्दा एक जना तस्करको मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन। त्यस्तै सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन्। उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ।

निकुञ्जको सुरक्षार्र्थ खटिएको नेपाली सेनाको टोली, निकुञ्ज कर्मचारी र वन्यजन्तु चोरी शिकारी गर्ने तस्कहरुको समूहबिच शुक्रबार भिडन्त भएको राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका प्रवक्ता विष्णु कुमार कार्कीले जानकारी दिए ।

सेनाको जवाफी फायरिङबाट तस्कर समूहका एक जनाको मृत्यु भएको छ भने एकजनालाई नियन्त्रणमा लिइएको छ । ‘निकुञ्जको कोर एरियाबाट गोली चलेको आवाज आयो सेना र कर्मचारीको टोलीले गएर हेर्दा फेरि गोली चल्यो,कार्कीले भने, ‘सोही क्रममा सुरक्षार्थ खटिएको गस्ती टोलीले पनि जवाफी फायरिङ गरेको हो ।’

सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेको उनले जानकारी दिए । घटनास्थलबाट २ थान बन्दुक, खुकुरी लगायतका अन्य हातहतियार बन्दोबस्तीका सामान समेत बरामद भएको कार्कीले बताए । गोली हानाहानमा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।