१ जेष्ठ २०८२, बुधबार

अध्यक्षमण्डलको बैठक जारी,आजै पदाधिकारीसहित केन्द्रीय कमिटी टुङगो लाग्ने

262265647 600640327838623 8856071502846475332 n

नेकपा एमाले बन्दसत्रका क्रममा अध्यक्ष मण्डलको बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नाम फाइनल गरेपछि अध्यक्षमण्डलको वैठक बसेको हो ।

ओलीद्वारा प्रस्तावित नाम अध्यक्ष मण्डलमा पछलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ । तीन दिनदेखि जारी १०औं महाधिवेशनको तेस्रो दिन ११ घन्टा ढिलो गरी बन्दसत्र सुरु हुँदैछ ।

अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवाली, शेरबहादुर तामाङ सहितलगायत ११ जना छन् । आजै पदाधिकारीसहित केन्द्रीय कमिटी टुङगो लाग्ने बताइएको छ ।