८ बैशाख २०८१, शनिबार

अध्यक्ष केपी ओलीले उपाध्यक्षको अफर गरेपछि रावलले भने–”हुँदैन, कमरेड अब निर्वाचनमै भिडौं”

oli bhimrawal

सर्वसम्मति जुटाउने म्यान्डेट पाउनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीम रावलबीच भेटवार्ता भएको छ ।

आज दिउँसो भएको भेटवार्तामा अध्यक्ष ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने गरी रावललाई आग्रह गरेको बताइएको छ । स्रोतका अनुसार ओलीले रावललाई उपाध्यक्षमा सहमत हुन विशेष आग्रह गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष पाए सहमति गर्ने मनस्थिति बनाउनुभएका रावलले ओलीको उपाध्यक्षको प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभएको थियो ।

रावलले आफूले एमाले अध्यक्षमा उम्मेद्वारी दिइसकेकोले पछाडि हट्न नसकिने बताउनुभएको उहाँ निकट नेताहरुले बताएका छन् । एमाले नेताहरुले भने रावलसँग सहमति गरेरै अगाडि बढ्न ओलीलाई सुझाएका छन् ।

नेताहरुको व्यवस्थापन गर्न सकस भइरहेको बेला ओलीले रावललाई उपाध्यक्षमा चित्त बुझाउन आग्रह गरेपनि रावलले सोझै इन्कार गर्दै आउनुभएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई राख्ने ओलीको तयारीका कारण विवाद लम्बिएको छ ।

माओवादीबाट आएका नेताहरुलाई पनि दुई पदाधिकारी दिने सहमति भएको एमालेले जनाएको छ । त्यसलाई पनि मिलाउन ओलीलाई सकस परेको छ ।