१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणबाट थप २ जनाको निधन, १५८ संक्रमित थपिँदा ३४२ संक्रमणमुक्त

corona insurance

नेपाल पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको हाे ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३४२ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ।

साेही अवधिमा २ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ५२३ पुगेको छ।