१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट थप चार जनाको निधन, ३७७ संक्रमित थपिँदा १७० संक्रमणमुक्त

corona insurance

नेपालमा ३ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् भने थप चार जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षणमा ३ सय ३९ र २ हजार ६ सय ४४ जनाको एन्टीजेन परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । यो कूल संक्रमणको ४ दशमलब एक दुई प्रतिशत हो ।

थपिएका संक्रमितमा काठमाडौँ उपत्यकाका १ सय ४५ जना छन् । जसमा काठमाडौँका १ सय १, ललितपुरका ३३ र भक्तपुरका ११ जना छन् । उपत्यकाबाहिर सबैभन्दा धेरै झापाका २८ जना छन् ।

पछिल्लो पटक १ सय ७० जना संक्रमणमुक्त भएका छन् । थप चार जनाको निधन भएपछि नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको छ । हाल देशभर ७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् ।

जसमध्ये आइसीयूमा २ सय १९ र ५९ जनाको भेन्टीलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक ७९ हजार ५ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।