१५ बैशाख २०८१, शनिबार

आफ्नो पार्टीमा एमाले छाडेर प्रवेश गर्नेको लहर चलेको अध्यक्ष नेपालको दाबी

madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्नु भएको छ ।

एकीकृत समाजवादीको आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले उत्साहवर्द्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेको शिलाशिला नै चलेको बताउनुभयो ।

अन्य पार्टी पनि आफ्नो पार्टीमा एकतावद्ध भएर अघि बढने विषयमा छलफल भईरहेको नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने समेत बताउनु भयो । उहाँले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि उल्लेख गर्नुभयो ।