१३ बैशाख २०८१, बिहीबार

नौ जना खैरो हेरोइनसहित पक्राउ

arest

काठमाडौँका विभिन्न स्थानबाट विभिन्न परिमाणको लागु औषध खैरो हेरोइनसहित नौ जनालाई प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका–५ हाँडी गाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४का ३२ वर्षीय गौतम केसी रहेका छन् ।

काठमाडौँ बुढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका सुशील श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौँ महानगरपालिका–१० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरीष खत्री पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।

प्रहरीले थापाबाट १०० मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट ५०० मिलिग्राम, तामाङबाट ४ ग्राम ५०० मिलिग्राम, शेर्पाबाट २२ ग्राम खैरो हेरोइन, त्यसको मापन गर्ने तराजु र लाखौँ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।