१६ चैत्र २०८०, शुक्रबार

गेललाई पछाडि पार्दै रिजवानले बनाए रेकर्ड

rizwan pakistan 1024x482 1

आइसिसी टी २० विश्वकपमा २०२१ को दोस्रो सेमिफाइनलमा पाकिस्तानका मोहम्मद रिजवानले एउटा विशेष रेकर्ड आफ्नो नाममा दर्ज गरेका छन् ।

रिजवानले यो रेकर्ड दुबईको इन्टरनेसनल क्रिकेट स्टेडियममा बनाएका हुन् ।

अष्ट्रेलियाविरुद्धको खेलमा उनले अर्धशतक बनाएर यो रेकर्ड आफ्नो नाममा बनाएका हुन् । यो खेलमा उनले ५२ बलमा ६७ रन बनाएका थिए । यो विश्वकपमा नै उनले योसँगै तेस्रो अर्धशतक पूरा गरेका हुन् ।

यसका साथसाथै उनले टी २० इन्टरनेसनलमा एउटै क्यालेन्डर वर्षमा १ हजार रन पूरा गर्ने रेकर्ड बनाएका हुन् । ओपनिङ पार्टनर २०२१ मा टी२० इन्टरनेसनलमा उनले आफ्नो नाम दोस्रो नम्बरमा पनि पारेका छन् । उनले ८ सय २६ रन बनाएका छन् ।