१३ बैशाख २०८१, बिहीबार

इन्टरनेटमा तहल्का मच्चाएको एउटा भुस्याहा कुकुर ३० लाखमा बिक्री

30 lakh dog2021 11 11 06 08 58

इन्टरनेटमा तहल्का मच्चाएको एउटा भुस्याहा कुकुर झण्डै ३० लाख रुपैयाँमा बिक्री भएको छ ।जापानी शिवा इनु नश्लको उक्त कुकुर एक लाख ६० हजार चिनियाँ युआन अर्थात् झण्डै ३० लाख रुपैयाँमा लिलाम बिक्री भएको हो ।

डेंग डेंग नामको उक्त कुकुर चीनको राजधानी बेइजिङमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त ८ वर्षीय कुकुरको मालिक पत्ता नलागेपछि बेइजिङस्थित अदालतले कुकुरलाई लिलामीमा बिक्री गर्न आदेश दिएको थियो ।

त्यसपछि उक्त कुकुरलाई अनलाइनमार्फत् सुरुआती न्यूनतम ७८ अमेरिकी डलर बराबरको मूल्य कायम गरेर लिलामीमा राखियो । तर डेंग डेंग खरीद गर्न चाहनेहरू यतिधेरै भए कि लिलाम बढाबढमा उसको मूल्य ३२० गुणा धेरै पर्‍यो । २४ घण्टामा लिलामको प्रक्रिया सकिने अपेक्षा गरिएकोमा थप पाँच घण्टा लम्बिएको थियो । लाइभ स्ट्रिमिंगमार्फत् भएको उक्त कुकुरको लिलामीमा एक लाख ६६ हजार दर्शकले चासो देखाएकोमा ४८० जनाले बोली लगाएका थिए ।

पछिल्लो समय लोकप्रिय बनेको क्रिप्टोकरेन्सी शिवा इनुसको नामसँग मिल्ने नश्ल भएको यो कुकुर जापानी सिकारी कुकुरको नश्ल हो । क्रिप्टोकरेन्सीसँगै पछिल्लो समयमा शिवा इनुस जातको कुकुरको माग पनि बढिरहेको छ ।

झण्डै ३० लाख रुपैयाँमा कुकुर खरीद गर्ने व्यक्तिको पहिचान खुलाइएको छैन । कोरोना महामारीका बीच चीनमा अनलाइनमा लाइभस्ट्रिमिंगमा सामानहरू बिक्री गर्ने प्रचलन ह्वात्तै बढेको छ । गत महीना चीनका लिपस्टिक किंगको नामले चिनिने लाइभस्ट्रिमिंग स्टार ली जियाक्वीले इकमर्श प्लाटर्फम ताओबाओमा १२ घण्टामै एक अर्ब २० करोड पाउण्ड बराबरका सामान बिक्री गरेका थिए ।