८ बैशाख २०८१, शनिबार

अध्यक्ष ओली राष्ट्रिय जनगणनामा सहभागी

247072099 2971407406442156 5491571879639246747 n 768x512 1

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि सुरु भएको १२औँ राष्ट्रिय जनगणनामा सहभागी हुनुभएको छ ।

अध्यक्ष ओलीको निजी निवास बालकोटमा राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेसहित गणक टोलीले उहाँको पारिवारिक तथ्याङ्क सङ्कलन गरेको अध्यक्ष ओलीका प्रेस सल्लाकार रामशरण बजगाईँले जानकारी दिनुभयो ।

जनगणना कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा, प्रहरी प्रमुख लगायतको उपस्थिति थियो ।

आजबाट देशभर राष्ट्रिय जनगणना–२०७८ सुरु भएको हो ।

255238099 174230861589163 9077727080989825075 n 768x513 1