११ बैशाख २०८१, मंगलवार

नवनियुक्त तीन प्रदेश प्रमुखले राष्ट्रपति भण्डारीसमक्ष लिए पद तथा गोपनियताको शपथ

devraj josh tilak pariyar and parsuram khapung 61

नवनियुक्त नयाँ तीन वटा प्रदेश प्रमुखले आज पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

प्रदेश १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले शपथ लिएका छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले कात्तिक २३ गते उनीहरूलाई नियुक्त गरेकी थिइन्।