१६ चैत्र २०८०, शुक्रबार

आज फाल्गुनन्द जयन्ती : विश्वयुद्ध लडेका फाल्गुनन्द कसरी बने महागुरु ?

Falgunand

आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ।

किरात धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए । उनको न्वारनको नाम भने नरध्वज लिङ्देन हो ।

समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणासमेत गरेको थियो । साथै, सरकारले उनको फोटो अंकित हुलाक टिकटसमेत प्रकाशन गर्दै आएको छ । किरात धर्म मान्नेहरूका लागि सरकारले आज बिदासमेत दिएको छ ।

आज प्रदेश १ का अधिकांश स्थानमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती धुमधामका साथ मनाइन्छ । देशभर तथा भारतका सिक्किम, दार्जिलिङसम्म विभिन्न कार्यक्रमको आयोजना गररी फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ ।

उनले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । समाज सुधारका निमित्त फाल्गुनन्दले नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ २४ वैशाख १९८८ मा पारित भएको थियो ।

वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए। उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ।

करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए। उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ। साथै, कात्तिक २५ मा किरात धर्मावलम्बीहरुका लागि बिदा समेत दिने निर्णय गरेको छ।

समाज सुधारका लागि उनले जारी गरेको सात बुँदे ुसत्य धर्म मुचुल्काु आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उनको जन्मस्थान चुक्चिनम्बा भए पनि ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमिको रूपमा फक्ताक्लुङलाई लिइन्छ ।

उनले दोस्रो विश्वयुद्धमा भारतीय सिपाही (इण्डियन लाहुरे) बनेर युद्ध लडेका पनि बताइन्छ । युद्धबाट फर्किएर पछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाइन्छ ।

फाल्गुनन्दको निधन २२ चैत २००५ मा ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो ।