१५ चैत्र २०८०, बिहीबार

पोखरेलको देउवा र प्रचण्डलाई चुनौती : एमसीसीबारे गरेको के हो ? एउटै मञ्चमा आएर बोल्नुस्

Iswor Pokhrel

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल‘प्रचण्ड’लाई खुला चुनौती दिएका छन् ।

एमसिसीबारे प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डको परस्पर विरोधाभास भनाइ आएको भन्दै महासचिव पोखरेलले एउटै मञ्चमा आएर मन्तव्य दिन चुनौती दिए ।

सिन्धुलीगढी २५४औँ विजयोत्सवमा बोल्दै उनले भने, “कहिले देउवाजी दुई नेताले एमसीसी सम्झौता गर्न हस्ताक्षर गरेको भन्नुहुन्छ, त्यसकै भोलिपल्ट प्रचण्डजी एमसीसीबारे सम्झौतामा हस्ताक्षर नगरेको बताउनुहुन्छ । भएको कुरा के हो ? एउटै मञ्चमा आएर जनतालाई बताउनुपर्छ ।”

सबै पार्टीहरूबीच राष्ट्रिय हितका निम्ति एक हुनुपर्ने भन्दै उनले देशको विकासका लागि एमाले प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सांसद गणेश पहाडी, प्रदीप कटुवाल, विनोद खड्का, नेता विषमलाल अधिकारी, शुक्लागण्डकी नगरपालिकाका प्रमख किशन गुरूङलगायतले शुभकामना मन्तव्य दिए ।