१५ चैत्र २०८०, बिहीबार

भीम रावललाई खगराजको कटाक्षः उपाध्यक्ष मैदानमा आउनु कुन ठूलो कुरा हो र ?

khagraj adhikari
फाइल फोटो

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता खगराज अधिकारीले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने दाबी गरेका छन् ।

बुधबार आयोजित साक्षात्कारमा उनले भने, ‘अब पनि अध्यक्ष त ओली नै हो नि, यसमा शंका छ र ? अध्यक्षमात्रै होइन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ ।’

अधिकारीले उपाध्यक्ष मैदानमा आउँदैमा केही फरक नपर्ने भन्दै अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावललाई कटाक्ष गरे । ‘एमाले देशको ठूलो पार्टी हो । लोकतान्त्रिककरणको च्याम्पियन हो–एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ । मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो ?’ उनले प्रश्न गरे ।

विधान महाधिवेशन पनि सर्वसम्मत गरेको स्मरण गराउँदै अधिकारीले थपे, ‘अहिले नेतृत्वको महाधिवेशन हुँदैछ । नीतिमा कुनै फरक छैन । विधान महाधिवेशनले नीति सार्वजनिक भैसकेको छ, अब नेतृत्व सर्वसम्मत हुन्छ ।’