
नेपालमा थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको निधन भएको छ ।
देशभर गरिएको ५ हजार ४०७ पीसीआर परीक्षणका क्रममा ३ सय ८७ जना र एक हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको निधन भएको छ ।
हालसम्म नेपालमा ११ हजार ४ सय ६० जनाको कोरोनाका कारण निधन भएको छ । थप ४ सय ७४ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ७ सय ८० जना निको भएका छन् ।
हाल नेपालमा ७ हजार ५ सय १९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।