७ बैशाख २०८१, शुक्रबार

धादिङ केन्द्रबिन्दु बनाएर ४ रेक्टरको भूकम्प

earthquake1

धादिङमा भुकम्पको धक्का महशुस गरिएको छ । साँझ ६ बजेर ३६ मिनेट जाँदा धादिङको मार्पाक आसपास केन्द्र बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस भएको थियो ।

भूकम्पको धक्का भएपछि स्थानीयहरु त्रासमा छन् । कोरोनाको त्राससँगै भूकम्पले पनि तर्साउन लागेपछि सर्वसाधारणमा त्रास बढ्दै गएको छ ।

भुकम्प आएपछि स्थानीय घरबाट बाहिर निस्किएका थिए । यसअघि केहि दिनअघि पोखरामा भुकम्पको धक्का महशुस गरिएको थियो ।