१४ बैशाख २०८१, शुक्रबार

आगामी चुनावमा जमानत जोगाएर देखाउन मन्त्रीहरुलाई अध्यक्ष ओलीको चुनौती

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएकाहरुलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिनुभएको छ ।

नेकपा एमाले मोरङले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले छाडेर गएका र मन्त्री बनेकाहरुको आगामी निर्वाचनमा आफनो जमानत जोगाउने हैसियत नभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिग्रिएकाहरुले एमाले पार्टी छोडेर गएको पनि बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष ओलीले सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सेटिङमा गरेको आरोप लगाउनुभयो । सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको उहाँको आरोप थियो ।