
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ ओलीले भने, ‘दुईमध्ये एक जनाले झुट बोलेको देखियो’ उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर बपठाइसकेको बताएका थिए । प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको बताएका थिए ।
सबै न्यायाधीश राजीनामा दिनुपर्ने खालका छन्
यस्तै ओलीले ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीश राजीनामा दिनुपर्ने खालका भएको बताएका छन् । ओलीले सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले अदालतको मर्यादा पूरा नगरेको बताए ।
‘अदालतमा सबै राजीनामा दिने खालका हुनुहुन्छ, अदालतको मर्यादा कसैले पनि पूरा गरेको छैन,’ ओलीले भने, अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्रै राजीनामा दिनुपर्नेमा नभइ अरु न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाई छ । ‘राजीनामा दिनुपर्नेमा प्रधानन्यायाधीशमात्र होइनन्। जो जससँग सम्बन्धित छरछन् सबै हुन्,’ ओलीले भने।