१३ बैशाख २०८१, बिहीबार

अपराजित यात्रा कायमै पाकिस्तानको टि–२० विश्वकपमा, स्कटल्याण्ड ७२ रनले पराजित

pakistan1636285703

युएइमा जारी टि–२० विश्वकपमा पाकिस्तानले अपराजित यात्रा जारी राखेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले स्कटल्याण्डले ७२ रनले पराजित गर्दै समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम बनेको छ ।

पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ६ विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । उसका लागि रिची बेरिंगटनले अविजित ५४ रन बनाए ।
पाकिस्तानका लागि सादाब खानले २ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको पाकिस्तानले ४ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । उसका लागि शोएब मलिकले १८ बलमा अविजित ५४ रनको अविजित पारी खेले । जारी विश्वकपमा १८ बलमै अर्धशतक पुरा गर्ने मलिक पहिलो खेलाडी बनेका छन् । यसअघि भारतका केएल राहुलले स्कटल्याण्डविरुद्ध नै १९ बलमा अर्धशतक बनाएका थिए ।

यस्तै कप्तान बाबर आजमले ६६ रन बनाए । स्कटल्याण्डका क्रिस ग्रीव्सले २ विकेट लिए ।
यो जितसंगै समूह ‘बी’ मा रहेको पाकिस्तानले पाँच खेलमै जित निकाल्दै १० अंकका साथ समूहको शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । ५ खेलमा ४ जित र एक हारका साथ ८ अंक जोड्दै समहू उपविजेताको रुपमा न्यूजील्याण्ड समेत सेमिफाइनलमा प्रवेश गरेको छ ।