८ बैशाख २०८१, शनिबार

ड्रोन आक्रमण इराकी प्रधानमन्त्री निवासमा

iraq

इराकको प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण भएको छ ।

इराकी प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आज बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला भएको हो ।

आज बिहान भएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गर्दै आक्रमण भएको बताइएको छ ।

प्रधानमन्त्रीको ज्यान लिने उदेश्यले नै आक्रमण भए पनि प्रधानमन्त्री कादीमी सुरक्षित रहेका छन् ।

आक्रमणमा इराकी सेनाको हात रहेको अन्तर्राष्ट्रिय समाचारहरुले बताएका छन । यद्यपि घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको जनाएको छ ।