१३ बैशाख २०८१, बिहीबार

दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको निधन

muder

दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको निधन भएको छ ।

गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै निधन भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।