८ बैशाख २०८१, शनिबार

हेटौंडामा देउसी भैलो खेलिरहेकाहरूलाई बसले ठक्कर दिदा २ जनाको निधन, आठ जना घाइते

accident

मकवानपुरस्थित हेटौंडा उपमहानगर १९ मा बस दुर्घटना हुँदा २ जनाको निधन भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरस्थित हेटौंडा उपमहानगर १९ मा बस गए राति दुर्घटना आठ जना घाइते छन्।

हेटौंडादेखि चितवनको भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको यात्रुबहाक बसले नेवारपानीमा देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको थियो।

दुर्घटनामा हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको निधन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा २ को निधन र ८ जना घाइते भएका छन्।

घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो। सात जना घाइते उपचारपछि अस्पतालबाट घर गइसकेका छन् भने एक जनाको उपचार जारी छ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलिसकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।

    सम्बन्धित समाचार...