१५ चैत्र २०८०, बिहीबार

साविक विजेता वेष्ट इण्डिजविरुद्ध श्रीलंका विजयी

sri lanka vs west indies t20 world cup

आईसीसी ट्वेन्टीट्वेन्टी विश्वकप क्रिकेटमा श्रीलंका विजयी भएको छ ।

समूह एकमा गएराति श्रीलंकाले साविक विजेता वेष्ट इण्डिजलाई २० रनले पराजित गरेको हो । १ सय ९० रनको लक्ष्यसहित मैदान ओर्लेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रनमात्र बनाउन सक्यो । उसका लागि सिमरोन हेट्मेयरले अविजित ८१ बनाए ।

त्यस्तै निकोलस पुरनले ४६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङमा श्रीलंकाका विनुरा फर्नान्डो, चमिका करुणारत्ने र वानिन्दु हसरंगा डिसिल्भाले समान २(२ विकेट लिए ।

यसअघि आबु धाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । उसका लागि चारिथ असालांकाले सबैभन्दा बढी ६८ रनको योगदान गरे ।

त्यस्तै पाथुम निसांका ५१ अनि कुशल पेरेरा २९ रनमा पेभेलिएन फर्के । वेष्ट इण्डिजका आन्द्रे रसेलले २ विकेट हात पारे । श्रीलंका यसअघि नै प्रतियोगिताबाट बाहिरिएको टोली हो भने हारसँगै वेष्ट इण्डिजको पनि अन्तिम चार पुग्ने सम्भावना सकिएको छ । पाँच खेलमा श्रीलंका दुईमा जित र तीन खेलमा पराजित भएको छ ।

उता एक खेल खेल्न बाँकी वेष्ट इण्डिजले एक खेल मात्र जितेको छ । प्रतियोगिता अन्तर्गत आज नामिबिया र न्यूजिल्याण्ड तथा भारत र स्कटल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

    सम्बन्धित समाचार...