७ बैशाख २०८१, शुक्रबार

तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहन्छः अध्यक्ष नेपाल

madhav 1
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ ।

भक्तपुरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन भत्काउन र टुटाउने प्रयास भइरहे पनि त्यो सफल नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले केपी ओलीको अहंकार र दम्भका कारण एमालेले संघदेखि प्रदेशसम्मका सबै सरकार गुमाएको टिप्पणी गर्नुभयो । उहाँले नवौं महाधिवेशनमा ओलीलाई जिताउनु नै सबैभन्दा ठुलो दुर्भाग्य भएको बताउनुभयो ।

एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर नयाँ दल खोल्न बाध्य भएको नेपालको प्रष्टिकरण छ ।