१६ चैत्र २०८०, शुक्रबार

कोरोना संक्रमणबाट थप ११ जनाको निधन, ३७२ संक्रमित थपिँदा ९११ संक्रमणमुक्त

corona insurance

नेपालमा कोरोना संक्रमण केही दरमा कमी आएको छ । पछिल्लो पटक ३ सय ७२ जनासंक्रमित थपिएका छन् ।

यो पछिल्लो केही महिनायता कै कम संक्रमण हो । यस्तै थप ११ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय १६ जनाको पीसीआर परीक्षणमा २ सय ९७ र २ हजार ५ सय ९५ जनाको एन्टीजेन परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो कूल परीक्षणको ४ दशमलब सात प्रतिशत हो । पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ सय ६८ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १ सय ३, ललितपुरका ४५ र भक्तपुरका २० जना छन ।

थप ११ जनाको मृत्यु भएसंगै देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ३ सय ९९ पुगेको छ । पछिल्लो पटक ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६ मा झरेको छ ।

जसमध्ये २ सय ३४ जनाको आईसीयू र ६८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक थप १ लाख ७३ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।