१५ चैत्र २०८०, बिहीबार

सङ्घीय निजामती ऐन अगाडि बढ्छ: मन्त्री पौडेल

debendra paudel 1
फाइल फोटो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सङ्घीय निजामती ऐन चाँडै अगाडि बढ्ने बताउनुभएको छ ।

कास्कीको पोखरामा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ गण्डकी प्रदेशको दोस्रो भेलामा आज मन्त्री पौडेलले अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा पार्टीलाई पुनः गठित र पुनः जीवित गर्ने सङ्कल्प पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकले गरेको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्र गण्डकी प्रदेशका सह इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य यशोदा सुवेदीले निजामती क्षेत्रले राज्यको परिवर्तित अवस्थालाई मध्यनजर गरी सरल र सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।